पहिलो हाफमा : डेनमार्क र फ्रान्स बराबरी
यस समूहमा फ्रान्स ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
यस समूहमा फ्रान्स ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो ।
लगातार दोस्रो जित निकाल्दै साउदी नकआउट चरणमा स्थान पक्का गर्ने योजनामा हुनेछ ।
खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई १-० गोलको अग्रता दिलाए ।
अल जनोव स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अस्ट्रेलियाले १-० गोलको अग्रता बनाएको छ ।
उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले लुसाइल स्टेडियममा मेक्सिकोको सामना गर्नेछ । अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
फ्रान्सले डेनमार्कसँग स्टेडियम ९७४ मा खेल्नेछ । समूह 'डी' मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
समूह 'सी' मा रहेको पोल्याण्ड र साउदी अरेबियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
समूह 'डी' मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल अल जानुब स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
कतार विश्वकपमा शनिबार समूह चरण अन्तर्गत समूह 'सी' र समूह 'डी' का दुई दुई खेलहरु हुनेछन् ।
अल बायत स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।