मिडफिल्डर निशान हिमालयन शेर्पामा
शनिबार, माघ २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब हिमालयन शेर्पाले मिडफिल्डर निशान लिम्बुलाई अनुबन्ध गरेको छ।
हिमालयनले सामाजिक संजालबाट मिडफिल्डर निशानलाई अनुबन्ध गरिएको जनाएको छ ।
नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि हिमालयनले निशानलाई अनुबन्ध गरेको हो ।
निशानले अघिल्लो सिजनको लिग मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस अघि हिमालयनले डिफेन्डर संजय राजबाहक, सोनित दाहाल, खामिर गिल्सान र यदु सिलवाललाई अनुबन्ध गरेको थियो।
यस्तै हिमालयनले दिवस उराउसँगको सम्झौता नविकरण गरिएको जनाएको छ ।
मिडफिल्डर निशान हिमालयन शेर्पामा







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)