बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

बिहिबार, २६ चैत्र २०८२खेलपाटी संवाददाता
साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान
Loading ad...
mustang rice ad

काठमाडौं। पाकिस्तान महिला फुटबल टोलीले भारतमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपबाट नाम फिर्ता लिएको छ।

द टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार दुई देशबीच जारी राजनीतिक तनावका कारण पाकिस्तानले प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो।

अब प्रतियोगिता ६ टोली मात्रै सहभागी हुनेछन्। यसअघि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सातै सदस्य राष्ट्रको सहभागिता रहने जनाएको थियो। साफले यस प्रतियोगितालाई दक्षिण एसियाको मुख्य महिला फुटबल प्रतियोगितामध्ये एक बनाउने लक्ष्य राखेको थियो।

रिपोर्टअनुसार ३० मार्चमा अन्तिम म्याद सकिए पनि पाकिस्तानले सहभागिताको पुष्टि नगरेको बताइएको छ। एक वरिष्ठ अधिकारीका अनुसार पाकिस्तान सरकार टोलीलाई भारत पठाउन इच्छुक देखिएको छैन।

साफ महिला च्याम्पियनसिप २५ मेदेखि ७ जुनसम्म भारतको गोवामा आयोजना हुनेछ। भारत–पाकिस्तानबीचको खेलकुद सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आयोजना गर्ने टी–२० विश्वकपमा पनि दुवै देशबीच खेल आयोजना सम्बन्धी विवाद देखिएको थियो।

अब प्रतियोगितामा साबिक विजेता बंगलादेशसँगै उपविजेता नेपाल, भारत, भुटान, श्रीलंक र माल्दिभ्स सहभागी हुनेछन्। बंगलादेश र भारत दुवै टोलीले हालै एएफसी महिला एसियन कपमा पनि खेलेका थिए।

नेपाल छनोटनजिक पुगे पनि उज्बेकिस्तानविरुद्ध पेनाल्टी सुटआउटमा पराजित भएको थियो। साफ महिला च्याम्पियनसिपको इतिहासमा भारत सबैभन्दा सफल टोली हो।

यो टोलीले पाँच पटक उपाधि जितेको छ। पछिल्ला दुई संस्करण (२०२२ र २०२४) भने बंगलादेशले जित्दै आफ्नो वर्चस्व कायम गरेको छ। २०२४ को फाइनलमा बंगलादेशले दशरथ रंगशालामा नेपाललाई २–१ ले पराजित गरेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता