डर्टमण्डको फराकिलो जित
आइतबार, २२ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले फ्रेईवर्गलाई ५-१ गोल अन्तरले हराएको हो ।
डर्टमण्डको जितमा निको स्लोटरबेक, करिम एडियमी, सेबास्टियन हालेर,जुलियन ब्रान्ट र जियोभानी रेयानाले एक एक गोल गरे ।
फ्रेईवर्गका लुकास होलेरले एक गोल फर्काए ।
यस्तै किलिन सिल्दियाले रातो कार्ड पाएपछि फ्रेईवर्ग १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै डर्टमण्डले १९ खेलमा ३७ अंक जोडेको छ ।
डर्टमण्ड तेस्रो स्थानमा रहेको छ ।
फ्रेईवर्ग ३४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
डर्टमण्डको फराकिलो जित















