बराबरीमा रोकियो एट्लेटिको
आइतबार, माघ २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेमा एट्लेटिकोले गेटाफेसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको रोकिएको हो ।
खेलको ६० औं मिनेटमा एन्जल कोरेयाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८३ औं मिनेटमा इनेस उनलले पेनाल्टीबाट गोल गर्दै गेटाफेलाई १-१ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसँगै एट्लेटिकोले २० खेलमा ३५ अंक जोडेको छ ।
एट्लेटिको चौंथो स्थानमा रहेको छ ।
गेटाफे १८ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो एट्लेटिको







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)