पीएसजीको पुनरागमन जित
आइतबार, माघ २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर पीएसजीले जित निकालेको हो ।
खेलको २० औं मिनेटमा ब्रान्को भान डेन बोमेनले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३८ औं मिनेटमा हाकिम अच्राफीले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।
जितसँगै पीएसजीले २२ खेलमा ५४ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा रहेको छ ।
टुलुस २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
पीएसजीको पुनरागमन जित







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)