एभर्टनसँग आर्सनलको हार
शनिबार, माघ २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ ।
शनिबार राति भएको खेलमा आर्सनललाई एभर्टनले १-० गोल अन्तरले हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै एभर्टनले जित निकालेको हो ।
एभर्टनलाई जित दिलाउन जेम्स तार्कोवस्कीले निर्णायक गोल गरे ।
जेम्सले खेलको ६० औं मिनेटमा गोल गरे । जुन गोल एभर्टनको जितमा प्रयाप्त बन्यो ।
लिग लिडर आर्सनलको यो सिजनको दोस्रो हार हो ।
यस हारसँगै आर्सनलले शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चुकेको छ ।
आर्सनल २० खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
एभर्टन १८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
सन डायस मुख्य प्रशिक्षक नियुक्त भएपछि एभर्टनले पहिलो खेलमै जित निकालेको हो ।
एभर्टनसँग आर्सनलको हार







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)