जानुजाज टर्किस क्लबमा
शनिबार, माघ २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । टर्किस क्लब इस्तानबुल बासाकसेहिरले बेल्जियन विंगर अदनान जानुजाजलाई अनुबन्ध गरेको छ।
इस्तानबुलले जानुजाजलाई स्पेनिस क्लब सेभियाबाट लोनमा अनुबन्ध गरेको हो।
जानुजाजलाई इस्तानबुलले यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।
२७ वर्षीय विंगरले टर्किस क्लबमा ११ नम्बरको जर्सी लगाउने छन् ।
जानुजाजलाई सेभियाले फ्री ट्रान्सफरमा गत वर्ष अनुबन्ध गरेको थियो।
उनले सेभियासँग ४ वर्षको सम्झौता गरेका छन् ।
सेभिया आउनु अघि उनले रियल सोसिडाडमा पाँच वर्ष बिताएका थिए ।
उनी २०१७ मा म्यानचेस्टर युनाईटेडबाट स्पेनिस क्लब आएका थिए ।
बेल्जियमका लागि उनले १५ खेलमा १ गोल गरेका छन् ।
जानुजाज टर्किस क्लबमा







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)