नेपालले आज भुटानको सामना गर्दै
शनिबार, माघ २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भुटानसँग खेल्नेछ । नेपाल र भुटानबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकी पहिलो खेलमा नेपाल पराजित भएको थियो।
शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।
भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १२-० ले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।
नेपालले आज भुटानको सामना गर्दै







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)