मार्टिनेलीद्वारा सम्झौता नवीकरण
शनिबार, माघ २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आर्सनलका फरवार्ड गाब्रिएल मार्टिनेलीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
आर्सनलले ब्राजिलियन फरवार्ड मार्टिनेलीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
२१ वर्षीय मार्टिनेली २०२७ सम्म आर्सनलमा रहने छन् ।
मार्टिनेली २०१९ मा आर्सनल आएका थिए ।
उनले आर्सनलका लागि सबैखाले प्रतियोगितामा १११ खेल खेलेका छन् ।
मार्टिनेलीले ब्राजिलका लागि ६ खेल खेलिसकेका छन् ।
कतार विश्वकपमा उनी ब्राजिलको टोलीमा रहेका थिए ।
मार्टिनेलीद्वारा सम्झौता नवीकरण







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)