अष्ट्रियाविरुद्ध नेदरल्यान्ड्सलाई अग्रता
जोहन क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिदा नेदरल्यान्ड्सले १-० गोलको अग्रता बनाएको छ ।
जोहन क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिदा नेदरल्यान्ड्सले १-० गोलको अग्रता बनाएको छ ।
कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो ।
कोपनहेगनस्थित पार्केन स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले १-० गोलको अग्रता बनाएको छ ।
रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो ।
रोमानियाको नेसनल एरिनामा जारी खेलको पहिलो हाफ सकिदा युक्रेनले २-० गोलको अग्रता बनाएको छ ।
समूह 'सी’ मा रहेको नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।
समूह 'बी’ मा रहेको बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ ।
इंग्ल्यान्डले शुक्रबार वेम्बली स्टेडियममा स्कटल्याण्डसँग खेल्दैछ । उक्त खेलमा मग्वाएरले खेल्ने सम्भावना रहेको छ ।
समूह सी’ मा रहेको दुई टोलिबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।
युरोकपको समूह चरण अन्तर्गत आज समूह 'सी' को दुई खेल र समूह 'बी' को एक खेल हुनेछ ।
रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।
ओलम्पिक स्टेडियम रोममा जारी खेलको पहिलो हाफ सकिदा इटालीले १-० गोलको अग्रता बनाएको छ ।