एजेन्सी । इंग्ल्यान्डका डिफेन्डर ह्यारी मग्वाएरले आफु चोटबाट पूर्ण रुपमा मुक्त भएको र युरोकपका बाँकी खेल खेल्न तयार रहेको बताएका छन् ।
चोटका कारण मग्वाएरले युरोकपमा क्रोएसियाविरुद्धको पहिलो खेल गुमाएका थिए । तर, उनले बाँकी खेलका लागि आफु पूर्ण रुपमा तयार भएको बताएका छन् ।
'मैले राम्रो अनुभव गरिरहेको छु । म फर्किएको छु, उपलब्ध भएको छु । प्रशिक्षण गरेको छु र म यसको लागि तत्पर छु,' मग्वाएरले भनेका छन् ।
इंग्ल्यान्डले शुक्रबार वेम्बली स्टेडियममा स्कटल्याण्डसँग खेल्दैछ । उक्त खेलमा मग्वाएरले खेल्ने सम्भावना रहेको छ ।
'मैले फिटनेसका केहि सेसन पूरा गरिसकेको छु । त्यहाँ मेरो फिटनेस छ जस्तो लाग्दैछ । म खेलमा लागि उपलब्ध छु,' उनले थपे ।
चोटको कारण सेन्टर ब्याक मग्वाएरले गत मे ९ बाट खेल खेलेका छैनन् ।
तर, प्रशिक्षक ग्यारेथ साउथगेटले उनलाई युरो खेल्ने टिममा राखेका थिए ।
म्यानचेस्टर युनाईटेडका कप्तान समेत रहेका उनले एंकलको चोट बोकेका थिए ।
युरोकपमा इंग्ल्यान्ड समूह 'डी' मा रहेको छ ।
पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराईसकेको छ ।