एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा भईरहेको छ ।
कोपनहेगनस्थित पार्केन स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले १-० गोलको अग्रता बनाएको छ ।
खेलको दोस्रो मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका हुन् ।

समूह 'बी’ मा रहेको बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।
डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।
