रेडहर्स फाइनलमा

इलाम। रेडहर्स फुटबल क्लब इलाम दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा सञ्चालन भइरहेको प्रतियोगितामा इलामले पथरी–११ मोरङलाई टाइब्रेकरमा ४–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए।
खेलको सुरुआती अग्रता इलामले लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा विवेक सुनामको फ्रिकिक प्रहारलाई अतिरिक्त खेलाडी सन्देश खवासले हेडर मार्फत गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा मोरङ खेलमा फर्किएको थियो।
दोस्रो हाफको २७औं मिनेटमा मोरङले बराबरी गोल फर्काएको थियो। मदन जवेगुले डिबक्सभित्र मोरङका धिरेन क्षत्रीलाई लडाएपछि पाएको पेनाल्टीलाई सञ्जय लिम्बुले गोल गर्दै खेल बराबरी गरे।
खेल बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो। टाइब्रेकरमा इलामका सुगम खजुम, मदन जवेगु, विवेक सुनाम र विनोद धमलाले गोल गरे। मोरङका सौर्य राउतको प्रहार मात्र गोलमा परिणत भएको थियो।
कप्तान युकेश तामाङको प्रहार क्रम बारमा लागेर बाहिरिएको थियो। धीरेन क्षत्रीको प्रहारलाई इलामका गोलरक्षक निशम दनुवारले बचाएका थिए। खेलको म्यान अफ दी म्याच इलाममा विवेक सुनाम घोषित हुँदै ७ हजार रुपैयाँ प्राप्त गरे।
इलाम र मोरङ यसअघि तेस्रो इलाम गोल्डकपको उद्घाटन खेलमा भिडेका थिए। जुन खेलमा टाइब्रेकरमा मोरङले ४–२ गोल अन्तरको जित निकालेको थियो। इलामले उपाधिको लागि वैशाख २५ गते तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
तेह्रथुमले यलम्बर युवा संस्था पाँचथरलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिताको विजेताले ४ लाख २५ हजार ५५५ रुपैयाँ र उपविजेता टोलीले २ लाख १२ हजार ७७७ रुपैयाँ हात पार्नेछन्।इलाम। रेडहर्स फुटबल क्लब इलाम दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा सञ्चालन भइरहेको प्रतियोगितामा इलामले पथरी–११ मोरङलाई टाइब्रेकरमा ४–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए।
खेलको सुरुआती अग्रता इलामले लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा विवेक सुनामको फ्रिकिक प्रहारलाई अतिरिक्त खेलाडी सन्देश खवासले हेडर मार्फत गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा मोरङ खेलमा फर्किएको थियो।
दोस्रो हाफको २७औं मिनेटमा मोरङले बराबरी गोल फर्काएको थियो। मदन जवेगुले डिबक्सभित्र मोरङका धिरेन क्षत्रीलाई लडाएपछि पाएको पेनाल्टीलाई सञ्जय लिम्बुले गोल गर्दै खेल बराबरी गरे।
खेल बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो। टाइब्रेकरमा इलामका सुगम खजुम, मदन जवेगु, विवेक सुनाम र विनोद धमलाले गोल गरे। मोरङका सौर्य राउतको प्रहार मात्र गोलमा परिणत भएको थियो।
कप्तान युकेश तामाङको प्रहार क्रम बारमा लागेर बाहिरिएको थियो। धीरेन क्षत्रीको प्रहारलाई इलामका गोलरक्षक निशम दनुवारले बचाएका थिए। खेलको म्यान अफ दी म्याच इलाममा विवेक सुनाम घोषित हुँदै ७ हजार रुपैयाँ प्राप्त गरे।
इलाम र मोरङ यसअघि तेस्रो इलाम गोल्डकपको उद्घाटन खेलमा भिडेका थिए। जुन खेलमा टाइब्रेकरमा मोरङले ४–२ गोल अन्तरको जित निकालेको थियो। इलामले उपाधिको लागि वैशाख २५ गते तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
तेह्रथुमले यलम्बर युवा संस्था पाँचथरलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिताको विजेताले ४ लाख २५ हजार ५५५ रुपैयाँ र उपविजेता टोलीले २ लाख १२ हजार ७७७ रुपैयाँ हात पार्नेछन्।

-1778148743099.webp&w=3840&q=75)