बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

बिहिबार, २४ बैशाख २०८३खेलपाटी संवाददाता
लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी
Loading ad...
mustang rice ad

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) का जर्जियाली स्टार ख्भिचा क्वारात्स्खेलियाले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई लगातार दोस्रो पटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

बायर्न म्युनिखविरुद्ध बुधबार भएको दोस्रो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो। तर, समग्रमा ६–५ को जित निकाल्दै पीएसजी फाइनलमा पुगेको हो। पहिलो लेगमा ५–४ को जितमा क्वारात्स्खेलियाले दुई गोल गरेका थिए। दोस्रो लेगमा उनले दिएको उत्कृष्ट असिस्टको सहयोग निर्णायक बन्यो।

‘हामी निकै खुशी छौं। आर्सनलविरुद्धको खेल कठिन हुनेछ भन्ने थाहा छ। म हरेक दिन मेहनत गरिरहेको छु र टोलीका लागि सक्दो योगदान दिनेछु,’ उनले भने।

खेलको तेस्रो मिनेटमै उनले सुरु गरेको आक्रमणबाट पीएसजीले अग्रता लिएको थियो। बायर्नको मध्यपंक्तिलाई छक्याउँदै उनले फाबियान रुइजलाई आकर्षक पास दिए। त्यसपछि रुइजको ‘वान टच’ पास सम्हाल्दै उनले बायाँ भागबाट तीव्र गतिमा अघि बढेर उस्मान डेम्बेलेलाई उत्कृष्ट क्रस दिए।

डेम्बेलेले शक्तिशाली प्रहारमार्फत बललाई जाली चुमाउँदै प्रतियोगितामा आफ्नो सातौं गोल गरे। यो सुरुआती गोलपछि बायर्न खेलमा फर्किन संघर्षरत देखियो। खेलको अन्तिम समयसम्म पनि क्वारात्स्खेलियाले अथक दौड र आक्रमण जारी राख्दै पीएसजीलाई थप अवसर सिर्जना गराइरहेका थिए।

पीएसजीका अध्यक्ष नासेर अल–खेलाइफीले टोलीको सामूहिक भावनाको प्रशंसा गर्दै भने,‘हामीसँग उत्कृष्ट र युवा टोली छ। सबै खेलाडी एकअर्काका लागि लडिरहेका छन्। अन्तिम मिनेटमा पनि क्वारा थाकिसकेका थिए, तर उनले संघर्ष छाडेनन्।’

गत सिजन डेम्बेले टोलीका मुख्य खेलाडी थिए भने यसपटक फाइनलमा क्वारात्स्खेलिया चम्किने अपेक्षा गरिएको छ। अब पीएसजीले ३० मेमा हुने फाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।

पीएसजीका प्रशिक्षक लुइस एनरिकेले टोलीको परिपक्व प्रदर्शनको प्रशंसा गरे। उनले भने, ‘आजको रात विशेष छ। खेलाडीहरूले कहिले रक्षा गर्ने र कहिले आक्रमण गर्ने भन्ने उत्कृष्ट समझ देखाए। प्रशिक्षकका रूपमा यस्तो प्रदर्शन हेर्न पाउँदा गर्व लाग्छ।’

घाइते खेलाडीहरूको अनुपस्थितिमा पनि लुइस एनरिकेले टोली संयोजनमा लचकता देखाएका छन्। फाबियान रुइजलाई मैदानमा उतार्ने निर्णय सफल रह्यो भने युवा खेलाडी वारेन जाइरे–एमेरीले दायाँ रक्षापंक्तिमा राम्रो प्रदर्शन गरे। उनले लुइस डियाजलाई प्रभावहीन बनाइराख्न महत्त्वपूर्ण भूमिका खेले।

क्वारात्स्खेलियाको आक्रमण र रक्षामा समान समर्पण अहिलेको पीएसजी टोलीको पहिचान बनेको छ। पहिले ठूला नामका खेलाडीमा निर्भर रहने टोली अहिले सामूहिक खेलमार्फत युरोपको सबैभन्दा ठूलो मञ्चमा सफलता नजिक पुगेको छ।

टोलीका रक्षक विलियन पाचोले भने,‘हाम्रो टोलीको मुख्य विशेषता भनेको मानसिकता हो। अग्रपंक्तिका खेलाडीहरूले रक्षामा मद्दत गर्छन् र हामी उनीहरूलाई आक्रमणमा सहयोग गर्छौं।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला