एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा
बुधबार, २३ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले इन्दु बर्माको कप्तानीमा एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने भएको छ।
एसियन गेम्स छनोट २३ देखि ३१ मेसम्म मलेसिया हुँदैछ। प्रिमियर कप छनोट भने १ जुनदेखि १३ सम्म हुने तय छ। यी दुई प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार अन्तिम टोली घोषणा गरेको हो।
टोलीको कप्तानी इन्दु र उपकप्तानी पूजा महतोले नै गर्ने भएका छन्। यीबाहेक टोलीमा रुबिना छेत्री, सीता रानामगर, रुबी पोद्दार, कविता जोशी, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, रिया शर्मा र मनीषा उपाध्याय छन्।
सावित्री धामी, सोमु बिस्ट, सना प्रवीण र लक्ष्मी साउद भने वैकल्पिक खेलाडीमा छन्।






%20(2)-1777978001805.jpeg&w=3840&q=75)





