अष्ट्रियाका फरवार्ड मार्कोलाई प्रतिबन्ध
युरोकप फुटबल अन्तर्गत नर्थ म्यासेडोनियाविरुद्धको खेलमा विपक्षी खेलाडीलाई अपमान गरेको भन्दै यूईएफले मार्को एक खेलको प्रतिबन्ध लगाएको हो ।
युरोकप फुटबल अन्तर्गत नर्थ म्यासेडोनियाविरुद्धको खेलमा विपक्षी खेलाडीलाई अपमान गरेको भन्दै यूईएफले मार्को एक खेलको प्रतिबन्ध लगाएको हो ।
बुधबार राति भएको खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।
बाकु ओलम्पिक स्टेडियम जारी खेलको पहिलो हाफ सकिदा वेल्सले १-० गोलको अग्रता बनाएको छ ।
बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा रुसले फिनल्याण्डविरुद्ध १-० गोलको अग्रता बनाएको छ ।
इटाली र स्विजरल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
समूह 'ए’ को वेल्स र टर्कीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।
आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह 'बी' मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
मंगलबार राति भएको खेलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो ।
जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ ।
हंगेरीविरुद्ध अहिले जारी खेलमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले कीर्तिमान बनाएका हुन् ।
पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगल र हंगेरीले गोलरहित बराबरी खेलेका छन् ।