एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले दुई ठुला टिम फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा भईरहेको छ ।
जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ ।
जर्मनीका माट्स हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले अग्रता बनाएको हो । डिफेन्डर हुमेल्सले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।
पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि जर्मनीले गोल फर्काउन सकेन । फ्रान्सले पनि केहि गोलको अवसर खेर फालेको थियो ।

ग्रुप अफ डेथ मानिएको समूह 'एफ' मा रहेका दुबै टिम पहिलो खेलमा जित निकाल्ने योजनामा रहेका छन् ।
फ्रान्स र जर्मनीलाई यस युरोमा उपाधिको प्रमुख दाबेदार मानिएको छ । फ्रान्स साविक उपविजेता समेत हो ।
फ्रान्स र जर्मनीबीच मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुबै टोलीले २÷२ खेल जितेका छन् । दुई खेल भने बराबरीमा सकिएको छ ।
