एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले वेल्स र टर्कीबीच प्रतिस्पर्धा भईरहेको छ ।
बाकु ओलम्पिक स्टेडियम जारी खेलको पहिलो हाफ सकिदा वेल्सले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ४३ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका हुन् । कप्तान ग्यारेथ बेलको पासमा उनले गोल गरेका हुन् ।
त्यसअघि राम्से दुई उत्कृष्ट अवसरमा गोल गर्न चुकेका थिए । टर्कीले पनि केहि अवसरलाई सदुपयोग गर्न सकेन ।

समूह 'ए’ को वेल्स आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।
टर्की पनि पहिलो अंक जोड्न चाहन्छ । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो । यस समूहमा वेल्स १ अंक जोडेर तेस्रो र टर्की अंक विहीन रहदै पुछारमा रहेको छ ।
