एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
हंगेरीविरुद्ध बुधबार २ गोल गरेका रोनाल्डोले फ्रान्सेली मिचेल प्लाटिनीलाई पछि पार्न पाँच संस्करणको युरो खेल्नुप¥यो । हंगेरीविरुद्ध खेलको ८७ औ मिनेटमा गोल गर्दै रोनाल्डोले प्लाटिनीलाई दोश्रो स्थानमा झारे ।
९० मिनेटपछि थप गरिएको समयमा टिमका लागि तेश्रो गोल गर्दै सर्वाधिक गोलकर्ताको किर्तिमानलाई अझै बलियो बनाए । सन् २००४ को युरोकपमा रोनाल्डोले डेव्यु खेलमा नै डेव्यु गोल गरेका थिए ।
घरेलु मैदानमा ग्रिस विरुद्ध युरोकप सुरुवात गरेको पोर्चुगलले खेल २–१ ले हार्यो । तर ९० मिनेट पछि थपिएको अतिरिक्त समयमा रोनाल्डोले डेव्यु खेलमा पहिलो गोल गरेका थिए ।
सो प्रतियोगितामा ग्रिससंगै पराजित बन्दै पोर्चुगलले पहिलो उपाधि भित्र्याउने अवसर गुमाएको थियो । सो प्रतियोगितामा उनले नेदरल्यान्डविरुद्ध समेत गोल गरेका थिए ।
सन् २००८ मा रोनाल्डोले चेक रिपब्लीक विरुद्ध समुह चरणमा एक गोल गोल गरेका थिए । सन् २०१२ मा उनले नेदरल्यान्ड विरुद्ध समुह चरणमा जित दिलाउन दुवै गोल गरेका थिए । क्वाटरफाइनलमा चेक रिपब्लीक विरुद्ध निर्णायक गोल गर्दै टिमलाई सेमीफाइनल पुर्याएका थिए । तर सेमीफाइनलमा पोर्चुगल स्पेनसंग पेनाल्टी सुटआउटमा पराजित बन्न पुग्यो ।
सन् २०१६ मा समुह चरणमा हंगेरीविरुद्ध ३–३ को बराबरी भएको खेलमा रोनाल्डोले २ गोल गरेका थिए । उनकै गोलको प्रेरणामा टिम समुह चरणमा तेश्रो बनेपछि अन्तिम १६ मा पुगेको थियो ।
सेमीफाइनलमा वेल्स विरुद्ध ५० औ मिनेटमा पहिलो गोल गरेसंगै प्लाटिनीको ९ गोलको किर्तिमान बराबरी भएको थियो । नानीले दोश्रो गोल गरेपछि टिम फाइनल प्रवेश गर्दै पहिलो पटक उपाधि आफ्नो पक्षमा पार्न सफल रहयो । रोनाल्डोले प्लाटिनीको किर्तिमान तोड्न पाँचौ पटक युरोकपमा सहभागिता जनाउनुपर्यो ।
यद्धपी एकै संस्करणमा सर्वाधिक गोलको किर्तिमान भने अझै प्लाटिनीको नाममा नै छ । उनले एकै संस्करण (सन् १९८४) मा ९ गोल गरेका थिए । रोनाल्डोसंग युरोकप २०२१ प्लाटिनीको किर्तिमान तोड्ने अवसर रहनेछ ।
रोनाल्डोको सर्वाधिक गोलकर्ताको किर्तिमानलाई फ्रान्सका एन्टोनी ग्रिजेमनले पछयाइरहेका छन् । सर्वाधिक गोलकर्ताको तेश्रो स्थानमा रहेका ग्रिजमेनले एकै संस्करणमा ६ गोल गरेका छन् । उनी गत संस्करणको युरोमा ६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।