एजेन्सी । अष्ट्रियाका फरवार्ड मार्को आर्नोटोभिकलाई युरोकप फुटबलमा एक खेलको प्रतिबन्ध लागेको छ ।
युरोकप फुटबल अन्तर्गत नर्थ म्यासेडोनियाविरुद्धको खेलमा विपक्षी खेलाडीलाई अपमान गरेको भन्दै यूईएफले मार्को एक खेलको प्रतिबन्ध लगाएको हो ।
अब मार्कोले भोलि हुने नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने छन् ।
आइतबार अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो । उक्त खेलमा मार्कोले एक गोल गरेका थिए ।
गोल गरेपछि उनले विपक्षी खेलाडीलाई अपमान जनक व्यवहार गरेका थिए ।
३२ वर्षीय मार्को उक्त कार्यको लागि माफी समेत मागेका छन् ।
उनले आफु रेसिस्ट नभएको समेत बताएका छन् ।
