एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
रोमानियाको नेसनल एरिनामा जारी खेलको पहिलो हाफ सकिदा युक्रेनले २-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल गरेका छन् ।
खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलको ३४ औं मिनेटमा यारेमचुकले गोल गर्दै युक्रेनलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका हुन् ।
समूह सी’ मा रहेको युक्रेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।
नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा छ । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो ।
