एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
ओलम्पिक स्टेडियम रोममा जारी खेलको पहिलो हाफ सकिदा इटालीले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २६ औं मिनेटमा म्यानुएल लोकाटेलीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका हुन् । डोमिनिको बेरार्डीको पासमा उनले गोल गरेका हुन् ।
त्यसअघि खेलको १९ औं मिनेटमा जर्जियो चेलीनीले गोल गरेका थिए । तर, गोल गर्नु अघि ह्यान्डबल गरेको कारण उनको गोलले मान्यता पाएन ।
आज इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई हराएको थियो ।
इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विजरल्याण्ड १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो । इटालीलाई हराएर स्विजरल्याण्ड पहिलो जित निकाल्न चाहन्छ ।