युक्रेनको पहिलो जित

एजेन्सी । युक्रेनले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित दर्ता गरेको छ ।
रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो ।
युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल गरे । नर्थ म्यासेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काए ।
खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ३४ औं मिनेटमा यारेमचुकले गोल गर्दै युक्रेनलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा एलिओस्कीले एक गोल फर्काएपनि युक्रेन २-१ ले विजयी भयो । एलिओस्कीले प्रहार गरेको पेनाल्टी युक्रेनका गोलकिपर जर्जले रोकेका थिए । तर, त्यहिँ पेनाल्टीको रिबाउन्डमा उनले गोल गेर ।
यस्तै खेलको ८४ औं मिनेटमा युक्रेनका रुस्लान मालिनोभ्सकीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नर्थ म्यासेडोनियाका गोलकिपर स्टोलले बचाएका थिए ।
यस जितसँगै समूह 'सी' मा रहेको युक्रेनले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । युक्रेन समूहको तेस्रो स्थानमा रहेको छ ।
नर्थ म्यासेडोनियाको यो लगातार दोस्रो हार हो । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो । म्यासेडोनिया पुछारमा रहेको छ ।







-1761730672592.jpg&w=3840&q=75)

copy-1761474438174-1761732681780.avif&w=3840&q=75)

-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
