काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको उद्घाटन खेलमा विराटनगर वारिवर्य र ललितपुर प्याट्रियसबीच प्रतिस्पर्धा सुरु भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित टियु मैदानमा ललितपुरले टस जितेर ब्याटिङ रोजेको छ ।
ललितपुर टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने विराटनगरको नेतृत्व राष्ट्रिय टिमका कप्तान पारस खड्काले गरिरहेका छन् ।
दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउमा छन् । विराटनगर प्रतियोगिताको साविक विजेता समेत हो ।