मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

सिकेर फर्किने कि जितेर?

शनिबार, २१ असार २०८२सन्ध्या ढुंगाना
सिकेर फर्किने कि जितेर?
Loading ad...
mustang rice ad

काठमाडौं। यो युद्ध होइन। तर, जसरी नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ छनोटको अन्तिम खेलमा शनिबार घरेलु टोली उज्बेकिस्तानविरुद्ध मैदानमा ओर्लदैछ, त्यो युद्ध जत्तिकै निर्णायक हुनेछ।

नेपालका लागि यो खेल ‘जितेर फर्किने या सिकेर’ भन्ने अवस्थामा आइपुगेको छ। तर, सिकाइ अब लामो भइसक्यो। अब जित्ने समय हो। नेपालले अन्तिम पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो। त्यो पनि छनोट खेलेर होइन, सिधै प्रवेश पाएर। 

तर, अहिले प्रतियोगिताको ‘फर्म्याट’ बदलिसकेको छ। अब सिधै प्रवेशको साटो कठिन छनोट चरण पार गर्नुपर्ने छ। त्यसैले नेपालले यो प्रतियोगिता सगरमाथा चढ्नुभन्दा मुस्किल भइरहेको छ। अर्कोतर्फ नेपाली फुटबलमा नयाँ पुस्ता फेरिइरहेको छ। तर, सपना भने फेरिएको छैन। 

यो नयाँ पुस्ताको सपना पनि अघिल्लाका झैं पुनः एसियन कपमा फर्किने छ। यही २६ वर्षे परिपक्व सपना बोकेर नेपाल शनिबार राति ९ :१५ बजे उज्बेकिस्तानसँग खेल्न मैदान उत्रिनेछ।

नेपाललाई यो ऐतिहासिक अवसर दिलाउने जिम्मेवारी सावित्रा भण्डारीले लिएकी छन्। पहिलोपल्ट कप्तानी जिम्मेवारी सम्हालेकी उनले लाओसमाथि ९–० र श्रीलंकाविरुद्ध ८–० को जित दिलाएकी छन्। यी दुवै खेलमा उनले ७ गोल एक्लैले गरेकी छन्। उज्बेकिस्तानविरुद्धको निर्णायक खेलमा पनि नेपाली टोली उनीमाथि नै निर्भर हुनेछ।

‘हामीसँग ६ अंक छ, टिममा पोजिटिभ मेन्टालिटी छ। अब मुख्य चुनौती उज्बेकिस्तान हो,’ कप्तान सावित्रा भन्छिन्,‘हामी त्यो चुनौती स्वीकार गरेर लड्न तयार छौं।’

समूह ‘एफ’मा नेपाल र उज्बेकिस्तान दुवैले लाओस र श्रीलंकालाई पराजित गर्दै समान ६ अंक जोडेका छन्। अझ गज्जबको संयोग दुवैले १७–१७ गोल गरेका छन्। दुई टोलीले गोल बेहोर्न परेको छैन। त्यसैले यो अन्तिम खेलको नतिजा नै निर्णायक हुनेछ।

खेल बराबरी भएमा पनि निराश भएर स्वदेश फरक पर्ने छैन। नियमअनुसार अस्ट्रेलिया जाने टोलीको छिनोफानो सिधै पेनाल्टी सुटआउट हुनेछ। त्यसैले यो खेल मात्र होइन, इतिहास र भविष्यको ‘टाइब्रेकर’ बन्ने छ।

तर, नेपालका लागि उज्बेकिस्तान अघिल्ला दुई टोलीजस्तो कमजोर प्रतिद्वन्द्वी होइन। यी दुई टोलीबीच अहिलेसम्म ३ खेल भएका छन्। तर, सबै खेलमा उज्बेकिस्तान हाबी छ। 

सन् १९९९ मा उज्बेकिस्तानसँग ६–१ ले हारेको खेलमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय महिला फुटबलमा गोल गरेको थियो। त्यो गोल गरेकी थिइन्, पेमा डोल्मा लामाले।

त्यसको दुई दशकपछि भएको अर्को दुई भेट भने नेपालका लागि सम्झनयोग्य रहेन। सन् २०१९ मा किर्गिस्तानमा भएको नादेज्दा कपका दुवै खेलमा उज्बेकिस्तानले नेपाललाई सहजै पाखा लगायो।

लिग चरणमा उज्बेकिस्तानले २–० को एकतर्फी जित हात पारेको थियो। तर, यी दुई टोलीको भेट पुनः फाइनल जुर्‍यो। यो खेल प्रतिस्पर्धात्मक भए पनि उज्बेकिस्तान ३–२ ले विजयी भयो। त्यस खेलमा दुवै गोल सावित्राले गरेकी थिइन्।

सावित्रा अहिले पनि टोलीको संकटमोचक हुन्। जारी छनोट प्रतियोगिताका दुई खेलमा उनले ह्याट्रिक गर्दै कप्तानीको जिम्मेवारीको भार गम्भीर ढंगले उठाएकी छन्। तर, अहिले नेपाली टोली फरक अवस्थामा छ। रणनीति र नेतृत्व फेरिएको छ।

पहिलो पटक नेपाली महिला फुटबलले एक विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्डे पाएको छ। उनको नेतृत्वमा यो टोलीले फरक रणनीतिमा खेलिरहेको छ। सुरुआती ११ मा परिवर्तन, फरक फर्मेसन र सबैले गोल गर्न सक्ने ‘स्पिरिट’ यो टोलीको विशेषता बनेको छ।

‘मिडफिल्डदेखि लिएर डिफेन्स, रोटेसन सिस्टम राम्रो छ,’ प्रशिक्षक प्याट्रिकले लाओसमाथिको जितपछि भनेका थिए, ‘सबै खेलाडीले टिमको लागि योगदान दिइरहेका छन्। यस्तै हो भने हामी चमत्कार गर्न सक्छौं।’

उज्बेकिस्तान पनि एसियन कपका लागि २२ वर्षदेखिको प्रतीक्षामा छ। तीनपल्ट (सन् १९९९, २००१, २००३) एसियन कप खेलेको यो टोलीले ५ पटक छनोट खेलेको थियो। तर, ती सबै छनोटमा उज्बेकिस्तानले सफलता हात पार्न सकेको छैन। अब उज्बेकिस्तानको लक्ष्य पनि नेपालकोजस्तै छ, एसियन कप फर्किने।

उज्बेक टोलीकी कप्तान ल्युदमिला काराचिक भन्छिन्,‘हरेक खेल कठिन हुन्छ। नेपाल सजिलो टिम होइन। हामी अस्ट्रेलिया जान मैदानमा उत्रनेछौं।’

यदि नेपाल उज्बेकिस्तानलाई हराउन सफल भयो भने त्यसको प्रभाव एसियन कपसम्म सीमित हुनेछैन। महिला एसियन कप २०२६ मा एसियाका शीर्ष १२ टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ। 

प्रदर्शनकै आधारमा फिफा महिला विश्वकप छनोट २०२७  को पहिलो चरणमा पनि स्थान बनाउने छ। ओलम्पिक २०२८ एसियाली छनोट प्रक्रियाको ढोका पनि खुल्ने छ।

अर्थात् उज्बेकिस्तानविरुद्धको खेल नेपालको महिला फुटबलका लागि पहिलो पटक विश्व रंगमञ्चमा जाने सम्भावनाको ढोका हो। त्यो ढोका नेपालले खोल्छ या खोल्दैन यही खेलबाट निर्धारण हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो