• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिकेर फर्किने कि जितेर?
सन्ध्या ढुंगाना
५ घण्टा अगाडि सन्ध्या ढुंगाना
सिकेर फर्किने कि जितेर?

काठमाडौं। यो युद्ध होइन। तर, जसरी नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ छनोटको अन्तिम खेलमा शनिबार घरेलु टोली उज्बेकिस्तानविरुद्ध मैदानमा ओर्लदैछ, त्यो युद्ध जत्तिकै निर्णायक हुनेछ।

नेपालका लागि यो खेल ‘जितेर फर्किने या सिकेर’ भन्ने अवस्थामा आइपुगेको छ। तर, सिकाइ अब लामो भइसक्यो। अब जित्ने समय हो। नेपालले अन्तिम पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो। त्यो पनि छनोट खेलेर होइन, सिधै प्रवेश पाएर। 

तर, अहिले प्रतियोगिताको ‘फर्म्याट’ बदलिसकेको छ। अब सिधै प्रवेशको साटो कठिन छनोट चरण पार गर्नुपर्ने छ। त्यसैले नेपालले यो प्रतियोगिता सगरमाथा चढ्नुभन्दा मुस्किल भइरहेको छ। अर्कोतर्फ नेपाली फुटबलमा नयाँ पुस्ता फेरिइरहेको छ। तर, सपना भने फेरिएको छैन। 

यो नयाँ पुस्ताको सपना पनि अघिल्लाका झैं पुनः एसियन कपमा फर्किने छ। यही २६ वर्षे परिपक्व सपना बोकेर नेपाल शनिबार राति ९ :१५ बजे उज्बेकिस्तानसँग खेल्न मैदान उत्रिनेछ।

नेपाललाई यो ऐतिहासिक अवसर दिलाउने जिम्मेवारी सावित्रा भण्डारीले लिएकी छन्। पहिलोपल्ट कप्तानी जिम्मेवारी सम्हालेकी उनले लाओसमाथि ९–० र श्रीलंकाविरुद्ध ८–० को जित दिलाएकी छन्। यी दुवै खेलमा उनले ७ गोल एक्लैले गरेकी छन्। उज्बेकिस्तानविरुद्धको निर्णायक खेलमा पनि नेपाली टोली उनीमाथि नै निर्भर हुनेछ।

‘हामीसँग ६ अंक छ, टिममा पोजिटिभ मेन्टालिटी छ। अब मुख्य चुनौती उज्बेकिस्तान हो,’ कप्तान सावित्रा भन्छिन्,‘हामी त्यो चुनौती स्वीकार गरेर लड्न तयार छौं।’

समूह ‘एफ’मा नेपाल र उज्बेकिस्तान दुवैले लाओस र श्रीलंकालाई पराजित गर्दै समान ६ अंक जोडेका छन्। अझ गज्जबको संयोग दुवैले १७–१७ गोल गरेका छन्। दुई टोलीले गोल बेहोर्न परेको छैन। त्यसैले यो अन्तिम खेलको नतिजा नै निर्णायक हुनेछ।

खेल बराबरी भएमा पनि निराश भएर स्वदेश फरक पर्ने छैन। नियमअनुसार अस्ट्रेलिया जाने टोलीको छिनोफानो सिधै पेनाल्टी सुटआउट हुनेछ। त्यसैले यो खेल मात्र होइन, इतिहास र भविष्यको ‘टाइब्रेकर’ बन्ने छ।

तर, नेपालका लागि उज्बेकिस्तान अघिल्ला दुई टोलीजस्तो कमजोर प्रतिद्वन्द्वी होइन। यी दुई टोलीबीच अहिलेसम्म ३ खेल भएका छन्। तर, सबै खेलमा उज्बेकिस्तान हाबी छ। 

सन् १९९९ मा उज्बेकिस्तानसँग ६–१ ले हारेको खेलमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय महिला फुटबलमा गोल गरेको थियो। त्यो गोल गरेकी थिइन्, पेमा डोल्मा लामाले।

त्यसको दुई दशकपछि भएको अर्को दुई भेट भने नेपालका लागि सम्झनयोग्य रहेन। सन् २०१९ मा किर्गिस्तानमा भएको नादेज्दा कपका दुवै खेलमा उज्बेकिस्तानले नेपाललाई सहजै पाखा लगायो।

लिग चरणमा उज्बेकिस्तानले २–० को एकतर्फी जित हात पारेको थियो। तर, यी दुई टोलीको भेट पुनः फाइनल जुर्‍यो। यो खेल प्रतिस्पर्धात्मक भए पनि उज्बेकिस्तान ३–२ ले विजयी भयो। त्यस खेलमा दुवै गोल सावित्राले गरेकी थिइन्।

सावित्रा अहिले पनि टोलीको संकटमोचक हुन्। जारी छनोट प्रतियोगिताका दुई खेलमा उनले ह्याट्रिक गर्दै कप्तानीको जिम्मेवारीको भार गम्भीर ढंगले उठाएकी छन्। तर, अहिले नेपाली टोली फरक अवस्थामा छ। रणनीति र नेतृत्व फेरिएको छ।

पहिलो पटक नेपाली महिला फुटबलले एक विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्डे पाएको छ। उनको नेतृत्वमा यो टोलीले फरक रणनीतिमा खेलिरहेको छ। सुरुआती ११ मा परिवर्तन, फरक फर्मेसन र सबैले गोल गर्न सक्ने ‘स्पिरिट’ यो टोलीको विशेषता बनेको छ।

‘मिडफिल्डदेखि लिएर डिफेन्स, रोटेसन सिस्टम राम्रो छ,’ प्रशिक्षक प्याट्रिकले लाओसमाथिको जितपछि भनेका थिए, ‘सबै खेलाडीले टिमको लागि योगदान दिइरहेका छन्। यस्तै हो भने हामी चमत्कार गर्न सक्छौं।’

उज्बेकिस्तान पनि एसियन कपका लागि २२ वर्षदेखिको प्रतीक्षामा छ। तीनपल्ट (सन् १९९९, २००१, २००३) एसियन कप खेलेको यो टोलीले ५ पटक छनोट खेलेको थियो। तर, ती सबै छनोटमा उज्बेकिस्तानले सफलता हात पार्न सकेको छैन। अब उज्बेकिस्तानको लक्ष्य पनि नेपालकोजस्तै छ, एसियन कप फर्किने।

उज्बेक टोलीकी कप्तान ल्युदमिला काराचिक भन्छिन्,‘हरेक खेल कठिन हुन्छ। नेपाल सजिलो टिम होइन। हामी अस्ट्रेलिया जान मैदानमा उत्रनेछौं।’

यदि नेपाल उज्बेकिस्तानलाई हराउन सफल भयो भने त्यसको प्रभाव एसियन कपसम्म सीमित हुनेछैन। महिला एसियन कप २०२६ मा एसियाका शीर्ष १२ टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ। 

प्रदर्शनकै आधारमा फिफा महिला विश्वकप छनोट २०२७  को पहिलो चरणमा पनि स्थान बनाउने छ। ओलम्पिक २०२८ एसियाली छनोट प्रक्रियाको ढोका पनि खुल्ने छ।

अर्थात् उज्बेकिस्तानविरुद्धको खेल नेपालको महिला फुटबलका लागि पहिलो पटक विश्व रंगमञ्चमा जाने सम्भावनाको ढोका हो। त्यो ढोका नेपालले खोल्छ या खोल्दैन यही खेलबाट निर्धारण हुनेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP