शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जितको लयमा फर्कियो बार्सिलोना

बुधबार, ०५ कार्तिक २०८२खेलपाटी संवाददाता
 जितको लयमा फर्कियो बार्सिलोना
Loading ad...
mustang rice ad

काठमाडौं। बार्सिलोनाले युरोपेली फुटबलमा पुनः आफ्नो लय समाउन थालेको छ।

लुइस कम्पनीस ओलिम्पिक स्टेडियममा मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा बार्सिलोनाले ग्रीसको ओलिम्पियाकोसलाई ६–१ ले पराजित गर्दै सानदार जित दर्ता गरेको हो। यस जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको लिग फेजमा अस्थायी रूपमा शीर्ष आठमा उक्लिएको छ।

खेलको मुख्य आकर्षण बने फर्मिन लोपेज। युवा मिडफिल्डरले आफ्नो करिअरकै पहिलो ह्याट्रिक पूरा गरे। बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा कुनै स्पेनिस खेलाडीको यो पहिलो ह्याट्रिक पनि हो। लोपेजले खेलको २३औं मिनेटमा रिबाउन्डमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यसपछि ३१औं मिनेटमा पेड्रो फर्नान्डेजको पासमा उनले दोस्रो गोल थपे।

दोस्रो हाफमा ६४औं मिनेटमा तेस्रो गोल गर्दै उनले ह्याट्रिक पूरा गरे र बार्सिलोनालाई ३–० को बलियो स्थितिमा पुर्‍याए। मार्कस रासफोर्डले पनि बार्सिलोनाको आक्रमणलाई झनै धारिलो बनाए।

पहिलो हाफको अन्त्यतिर उनले गोल गर्दै स्कोर ३–० बनाए र दोस्रो हाफमा ६८औं मिनेटमा अर्को गोल थप्दै फराकिलो अग्रता दिलाए। त्यसपछि १७ वर्षीय लामिन यमलले ७२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्कोर ६–० बनाए। खेलको अन्त्यतिर ओलिम्पियाकोसले एक सान्त्वना गोल फर्कायो। तर, त्यसले खेलको समीकरणमा कुनै परिवर्तन ल्याउन सकेन।

बार्सिलोनाको यो जित स्कोरको हिसाबले होइन, आत्मविश्वासको दृष्टिले पनि महत्त्वपूर्ण रह्यो। पछिल्ला केही युरोपेली खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेको टिमले यो जितमार्फत पुनरागमन गरेको हो। नयाँ ढाँचामा भइरहेको च्याम्पियन्स लिगमा शीर्ष आठ टोली सिधै अन्तिम १६ मा पुग्ने भएकाले यो जितले बार्सिलोनाको यात्रा सहज बनाएको छ।

खेलमा लोपेनको आत्मविश्वास र सन्तुलन झल्किन्थ्यो। उनले बक्सभित्रको स्थानको सही उपयोग गर्दै लगातार तीन गोल गरे र ‘म्यान अफ द म्याच’ बने। रासफोर्डको फर्म पनि निरन्तर उकृष्ट रह्यो भने यमलले युवा उमेरमै ठूलो स्तरमा आफ्नो क्षमताको परिचय दिँदै सबैको ध्यान ताने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान