काठमाडौं। एएफसी महिला एसियन कप छनोट २०२६ अस्ट्रेलियाको निर्णायक खेलमा शनिबार नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ।
समूह ‘एफ’मा नेपाल र उज्बेकिस्तान हालसम्म अपराजित रहेका छन्। दुवै टोलीको समान ६ अंक र १७ गोल रहेको छ। यी दुई टोलीले अहिलेसम्म गोल बेहोरेका छैनन्।
नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले पाखा लगायो। नेपाललाई झैं उज्बेकिस्तानलाई पनि यी दुई टोलीलाई पाखा लगाउन खासै समस्या परेन। उज्बेकिस्तानले श्रीलंकामाथि १०–० र लाओसमाथि ७ गोलको फराकिलो जित हासिल गरेको थियो।
यो खेलमा जित हात पार्ने टोलीले अस्ट्रेलियाको टिकट पक्का गर्नेछ। हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिने छ।