एकै खेलमा रिंकुको ५ क्याच
सोमबार, १४ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को पहिलो सुपर ओभरमा कोलकाता नाइट राइडर्सले लखनऊ सुपर जायन्ट्सलाई पराजित गरको छ।
एकाना स्टेडियममा पहिले ब्याटिङ गर्दै कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो।
जवाफमा लखनऊले २० ओभरमा ८ विकेटको क्षतिमा १५५ रन बनाएर खेल बराबरीमा ल्यायो। मोहम्मद शमीले अन्तिम बलमा छक्का प्रहार गर्दै खेल बराबरी गरे। सुपर ओभरमा सुनील नारायणले कोलकाताका लागि बलिङ गर्दै लखनऊलाई १ रनमा सीमित गरे र दुई विकेट लिए।
जवाफमा रिंकु सिंहले चौका प्रहार गर्दै जित सुनिश्चित गरे। यस खेलको नायक रिंकु सिंह थिए। उनले ५१ बलमा अविजित ८३ रन बनाए। रिंकुले फिल्डिङमा पाँच क्याच पनि लिए। उनले एडेन मार्कराम, मुकुल चौधरी, हिम्मत सिंह, जर्ज लिन्डेको क्याच र सुपर ओभरमा रोभम्यान पावेलको एक लफ्टेड बाउन्ड्री क्याच लिए।







-1776781891908.jpeg&w=3840&q=75)







