नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा
आइतबार, १३ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल छैटौं एसियन ‘बीच गेम्स’ २०२६ अन्तर्गत कबड्डीको समूह बीको विजेता बनेको छ।
अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३८-३६ ले पराजित गरेको हो। योसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालले फाइनल प्रवेशका लागि सेमिफाइनलमा श्रीलंकासँग खेल्नेछ। नेपालले पहिलो हाफमा १९-१७ले अग्रता बनाएको थियो। दोस्रो हाफमा सोही अग्रतालाई कायम राख्दै नेपालले जित हासिल गरेको हो।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)







