आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

६ टिमले लिए ८४ खेलाडी

आइतबार, १३ बैशाख २०८३खेलपाटी संवाददाता
६ टिमले लिए ८४ खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् आइतबार ८४ खेलाडी आबद्ध गरेका छन्, जसमा नेपाली खेलाडी ५४ छन्, भने बिदेशीको संख्या ३० रहेको छ।

दुसित प्रिन्सेस होटल, लाजिम्पाटमा आयोजित प्लेयर्स ड्राफ्टमा छनोट गरिएका १ सय ४२ जना नेपाली खेलाडीलाई तीन क्याटगोरीमा वर्गीकरण गरी राखिएको थियो।

बिदेशी खेलाडीतर्फ १४ देशका ८० खेलाडीलाई पनि तीनै क्याटगोरीमा राखिएको थियो। त्यसमध्ये पहिलो सिजनका १० खेलाडीलाई रिटेन गरिएको थियो। प्रत्येक टिमलाई बढीमा दुई खेलाडी रिटेन गर्ने सुविधा दिइएको थियो। बाँकी ७४ खेलाडी ड्रफ्टमार्फत् लिइएको हो।

जेठ २२ गतेदेखि (जुन ५ तारिख) देखि दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा हुने एनकेएल सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्दैछन्।

सबै टिमले स्वदेशी ९ र बिदेशी ५ खेलाडी ड्राफ्टमार्फत् लिएर टिम तयार पारेका छन्। भारतीय खेलाडी कम्तीमा एक जना लिनैपर्ने व्यवस्था गरिएको थियो। टिममा कम्तीमा १२ र बढीमा १४ खेलाडी राख्न पाउने व्यवस्था छ। सबै टिमले १४ खेलाडीको टिम बनाएका छन्। एनकेएल २ खेल्ने ३० जना बिदेशी खेलाडी भारत, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, ताइवान र केन्याका हुन्। यसमा केही खेलाडी भारतको प्रो कबड्डी लिगका अनुभवी छन्।

डिफेन्डिङ च्याम्पियन जनकपुरले अलराउन्डर राजु टमाटा र थाई रेइडर चायफोन कामुनीलाई रिटेन गर्यो भने काठमाडौं राष्ट्रिय टिमका कप्तान घनश्याम रोका मगरलाई निरन्तरता दियो। विराटनगरले सुशील चुनारा र सुरज बोहरा, पोखराले भुवन बोहरा र रविन कुँवर, बुटवलले नवीन देउवा र गणेश पार्की तथा धनगढीले प्रकाश गिरिलाई रिटेन गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई फ्रेन्ड्सको सम्मान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि