काठमाडौं। साबिक विजेता नेपाल एसिसी पुरुष यु-१६ इस्ट जोन कपको फाइनल प्रवेश गरेको छ।
बिहीबार सेलाङ्गोर टर्फ क्लबको मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियाविरुद्ध ९ विकेटको सानदार जित निकाल्दै नेपाल उपाधि रक्षातिर अघि बढेको हो।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो।