मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

काठमाडाैं। सविन गुरुङको निर्णायक गोलसँगै एपीएफ राष्ट्रिय लिगको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुन: शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार सम्पन्न खेलमा एपीएफले आर्मीमाथि १-० को जित निकालेको हो।
एपीएफको यो छैटौं जित हो। लिगमा १० खेल खेलेको एपीएफले २४ अंक जोडेको छ। मच्छिन्द्र र चर्च बोइज युनाइटेडको भने समान २२ अंक छ।
आर्मीको भने यो दोस्रो हार हो। समान खेलबाट आर्मीको २० अंक छ। खेलको १९औं मिनेटमा आर्मीको दिनेश हेञ्जनले बायाँपट्टीको कर्नरबाट प्रहार गरेको बल एपीएफका गोलकिपर एन्जल श्रेष्ठको हातमा लागेर बाहियो।
त्यसको तीन मिनेटपछि एपीएफका महेश लामालाई रेफ्रीले पहेँलो कार्ड देखाए। उनले पहेँलो कार्ड पाएको केही समयपछि चोट लागेर मैदानबाट निस्किए।
७५औं मिनेटमा एपीएफका सविनले सानदार गोल गर्दै एपीएफलाई १-० को अग्रता दिलाए। उनले सेटपिसबाट आएको बललाई हुलमुलमा गोल गरे।
लगत्तै आर्मीले खेलमा दबाब बढाएको थियोे। तर, गोल भने फर्काउन सकेन।






-1773311294894.jpg&w=3840&q=75)




-1744388693-1773245134485.avif&w=3840&q=75)
