शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रणव र आयुशमानको जोडी विजेता

शुक्रबार, १८ बैशाख २०८३खेलपाटी संवाददाता
प्रणव र आयुशमानको जोडी विजेता
Loading ad...
mustang rice ad

काठमाडौं। प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी १२औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको फाइनलमा प्रणव र आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२, २–६ र ६–३ को सेटमा पराजित गरे।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री पहिलो भए। उनले फाइनलमा जितेन्द्र परियारलाई ६–७, ६–२ र १०–५ ले हराए। उक्त स्पर्धाको पुरुष डबल्स फाइनलमा जितेन्द्र परियार र छेवाङ लामाको जोडीले भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीको चुनौती ६–० र ६–२ ले सहजै पन्छाए।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा विमलकुमार गुरुङले चन्द्र शाहीलाई ४–६, ६–४ र १३–११ ले पाखा लगाउदै पहिलो भए। सो स्पर्धाको पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडी विजेता बने। चन्द्र र सोभितमानको जोडीले मनु त्रिपाठी र पृथ्वीमान गुरुङको जोडीलाई ४–६, ६–२ र १०–६ ले पन्छाए।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्रीले बाजी मारे। उनले फाइनलमा रोहित सुनुवारमाथि ६–१ र ६–० को सहज जित दर्ता गरे। त्यसै स्पर्धाको पुरुष डबल्स फाइनलमा रोहित सुनुवार र महेश श्रेष्ठको जोडीले अमितसिंह गुरुङ र देव क्षेत्रीको जोडीलाई ६–३, १–६ र ११–९ ले पराजित गरे।

भेट्रान ६५ वर्षमाथि कमल थापाले दोहोरो स्वर्ण जिते। उनले पुरुष सिंगल्स/डबल्समा स्वर्ण जितेका हुन्। सिंगल्सको फाइनलमा कमलले ध्रुवबहादुर गुरुङमाथि ६–१ र ६–० को सहज जित दर्ता गरे। डबल्सको फाइनलमा कमलले छ्याम्बा डुन्डुपसंग मिलेर ध्रुवबहादुर गुरुङ र रविन्द्रदास श्रेष्ठको जोडीलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे।

प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष/महिला सिंगल्सको फाइनल हुनेछ। पुरुषमा प्रदीप खड्का र प्रणव मानन्धर तथा महिलामा शिभाली गुरुङ र स्वस्तिका विष्ट उपाधिका लागि भिड्ने छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै