नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा
-1777647615809.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाल प्रहरीकी नविता श्रेष्ठ, एभीएमकी वियंका राई, एभीएमकी इभाना थापा र भिजन टेबलटेनिस एकेडेमीकी योङगी पौडेल दोश्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नविताले प्रहरीकै सुस्मिता खड्कालाई ११–८, ९–११, ११–६ र १३–११ तथा वियंकाले भक्तपुरकी दिया देउलालाई ११–३, ११–९ र ११–९ को सेटमा पराजित गरे।
त्यस्तै इभानाले भक्तपुरकी दीक्षा दाहाललाई ११–२, ११–४ र ११–२ तथा योङगीले प्रहरीकी रविना महर्जनलाई ११–६, ७–११ ११–९ र १३–११ को सेटमा हराए। सेमिफाइनलमा इभानाको भेट योङगीसँग हुनेछ भने नविताले वियंकाविरुद्ध खेल्ने छिन्।
ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजनमा खोल्चा पुखु खेलकुद उपसमितिले आयोजना गरेको प्रतियोगितामा २ सय खेलाडी सहभागी छन्। विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ।









-1777639738077.jpeg&w=3840&q=75)




