लिग २ मा सन्दीपको १०० विकेट
शुक्रबार, १८ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग २ मा १०० विकेट लिने पहिलो बलर बनेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी युएईविरुद्धको खेलमा आर्यांश शर्मालाई आउट गर्दै उनले यो उपलब्धि हासिल गरेका हुन्।
सन् २०१९–२३ को विश्वकप लिग–२ मा उनले ७२ विकेट लिएका थिए। जारी संस्करणमा थप २८ विकेट लिँदै कुल १०० विकेट पुर्याएका हुन्।





-1777639738077.jpeg&w=3840&q=75)






