गुजरातको पाँचौं जित
बिहिबार, १७ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई चार विकेटले पराजित गरेको छ।
गुजरातको यो यस सिजनको पाँचौं जित हो। टोलीले ९ खेलबाट १० अंक पुर्याएको छ। समान खेल खेलेको बैंग्लुरुले आफ्नो तेस्रो खेल हारेको छ।
बैंग्लोर १२ अंकसहित दोस्रो स्थानमा छ। अहमदाबादमा भएको खेलमा गुजरातले टस जितेर बलिङ रोजेको थियो। बैंग्लुरु १९.२ ओभरमा १५५ रनमा अलआउट भयो।
आयोजक टोलीले १५.५ ओभरमा ६ विकेट गुमाएर १५६ रनको लक्ष्य पछ्यायो। रशिद खानले सुयश शर्माको बलमा चौका प्रहार गर्दै जित सुनिश्चित गरे।
खेलमा कुनै पनि अर्धशतक प्रहार नगरी गिल सर्वाधिक रनकर्ता बने। यस खेलमा कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्। गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ४३ रन बनाए। यसैबीच, बैंग्लुरुका देवदत्त पडिक्कलले ४० रन बनाए।






%20(1)-1777447778534.jpeg&w=3840&q=75)







