भगवतीमाथि संकटाको संघर्षपूर्ण जित
-1773311294894.jpg&w=3840&q=75)
काठमाडौं। संकटा फुटबल क्लबले राष्ट्रिय लिगमा श्री भगवती क्लब टोखामाथि संघर्षपूर्ण जित निकाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार सम्पन्न खेलमा संकटाले भगवतीलाई १–० ले हराएको हो।
संकटाको यो तेस्रो जित हो। लिगमा १० खेलबाट १५ अंक जोडेको संकटा आठौं स्थानमा उक्लिएको छ। भगवतीको भने यो छैटौं हार हो। समान खेलबाट भगवतीको ८ अंक रहेको छ।
खेलको सुरुआतदेखि नै आक्रामक खेलेको संकटाले भगवतीको रक्षात्मक रणनीतिलाई तोड्न निकै संघर्ष गर्नुपर्यो। १२औं मिनेटमा संकटाको निरज कार्कीले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार भगवतीका गोलकिपर विवश चौधरीले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे।
त्यस्तै पहिलो हाफको इन्जुरी समयमा भगवतीको सुवास बमले गरेको लामो प्रहार गोलपोस्ट माथिबाट बाहिरियो। ६८औं मिनेटमा कृष्णबहादुर आलेले गोल गर्दै खेलमा संकटालाई अग्रता दिलाए। त्यही गोल नै जितका लागि निर्णायक बन्यो।









-1744388693-1773245134485.avif&w=3840&q=75)

-1773230362276.jpg&w=3840&q=75)
