काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा यु–१६ युथ लिगमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–१ ले पराजित गरेको हो।
आर्मीको जितमा सोहित वाइबा, जोएल गुरुङ र सिर्जन मल्लले गोल गरे। हिमायन शेर्पाका विष्णु सुनुवारले गरेको गोल सान्त्वना रह्यो।
खेलको १०औं मिनेटमा विष्णुको गोलमार्फत हिमालयनले अग्रता लिएको थियो। ३१औं मिनेटमा सोहित आर्मीलाई खेलमा फर्काए।
७९औं मिनेटमा जोएलले गोल गर्दै आर्मी २–१ को अग्रता दिलाए। त्यसको एक मिनेटपछि नै सिर्जनले गोल गर्दै आर्मीको जित पक्का गरे।