काठमाडौं। नेपाली महिला फुटबल टोलीसँग अब कुनै ‘बी प्लान’ छैन। बराबरी होइन, अब जित नै चाहिन्छ।
बुधबार उज्बेकिस्तानले लाओसमाथि ७–० को जित निकालेसँगै एएफसी महिला एसियन कप छनोट २०२६ अस्ट्रेलियाअन्तर्गत समूह ‘एफ’ को चित्र स्पष्ट र रोमाञ्चक भएको छ।
अपराजित रहेका दुवै टोलीको समान ६ अंक र १७ गोल छ। त्यसैले दुवै टोली जितेर मात्र अघि बढ्न सक्छ। नेपालले श्रीलंकालाई ८–० ले पराजित गरेलगत्तै उज्बेकिस्तानले लाओसलाई ७–० ले हरायो।
अंक समान ६ मा पुग्यो। गोल समान १७ नै रह्यो। यी दुई खेलमा दुवै टोलीले कुनै गोल दिएनन्। अब अन्तिम खेल शनिबार तास्कन्दमा राति ९ :१५ बजे हुनेछ। यही खेलको नतिजाले समूह विजेता छान्नेछ।
दक्षिण एसियाली फुटबल महासंघ (एएफसी)को नयाँ नियमअनुसार अंक र गोल संख्या बराबरी भएमा कुनै अतिरिक्त समय थपिने छैन। अर्कोतर्फ प्रतियोगितामा पाएको कार्ड पनि निर्णायक बन्ने छैन।
यस्तो अवस्थामा खेल सकिने पनि छैन। बरु सुरु हुन्छ अर्को युद्ध, पेनाल्टी सुटआउट। पेनाल्टी सुटआउटमा जो विजयी बन्छ उसले नै अस्ट्रेलियाको टिकट पक्का गर्नेछ।