काठमाडौं। साबिक विजेता नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने भएको छ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङलाई ६ विकेटले हराउँदै सिंगापुरले नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र सिंगापुर समूह चरणमै भिडेका थिए। उक्त खेलमा नेपालले ६ विकेटले सिंगापुरलाई पराजित गरेको थियो।
नेपाल समूह ‘ए’ मा शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा पुगेको थियो। नेपालले फाइनल पुग्न मलेसियालाई ९ विकेटले पाखा लगायो। सिंपागुर भने समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।