काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोलीका सदस्य भिम सार्कीलाई भारतको क्रिकेट खेल उत्पादक कम्पनि रेड रक्स स्पोर्ट्सले प्रायोजन गरेको छ ।
ब्याट्सम्यान सार्की र रेड रक्स स्पोर्ट्सले शुक्रबार तीन बर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतासंगै सार्कीलाई रेड रक्स स्पोर्ट्सले तीन बर्षसम्म क्रिकेट खेल सामग्री उपलब्ध गराउने छ ।
हरियाणाका पुर्व रजनी ट्रफी खेलिसकेका खेलाडी मनिस शाकलकारको सहयोगमा रेड रक्स स्पोर्ट्सले सार्कीलाई प्रायोजन गरेको हो ।

सम्झौता पत्रमा कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र दक्षिण अफ्रीकाका पुर्व स्टार जोन्टि रोड्सको सहभागिता रहेको थियो ।
सम्झौतापछि रेड रक्स स्पोर्ट्सका सुबास राजपुतले सार्कीको क्षमता र राष्ट्रिय टोलीमा चाडै स्थान बनाउन सक्ने खेलाडी रहेको कारण सहयोग गरेको बताए ।
यस्तै सार्कीले आफुलाई पहिलो पटक प्रायोजन मिलेको बताउदै आफु निकै खुसी रहेको बताए ।