• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
त्यो ‘खैरो’ कपाल !
हेम राज हमाल
शनिबार, कात्तिक २, २०७६ हेम राज हमाल
त्यो ‘खैरो’ कपाल !

काठमाडौं ।

६० को दशकमा नेपाली फुटबलमा खैरो कपालमा देखिने खेलाडी निकै चर्चित थियो ।

थ्री स्टार क्लबबाट देखिने त्यो अनुहार गोल गर्न र बल खेलाउन निकै परिपक्क देखिन्थ्यो ।

फरवार्ड उसको पोजिसन थियो । मैदानमा चितुवा जसरी खुट्टा फालेर दौडन उ माहिर मानिन्थ्यो ।

सामर्थक उसको खेल हेर्न लालायित हुन्थे । विपक्षी उसलाई झेल्न परिसा काट्थे ।

प्रशिक्षकहरु आफ्नो रणनीति अनुसार उसलाई खेलाउन लोभ पाल्थे ।

खेल कौशल र गोलको उद्भुत क्षमताका आधारमा उसलाई धेरैले गोल मेसिनको उपनाम दिएका थिए ।

उनी अरु कोही नभएर, सुरेन्द्र तामाङ थिए ।

सुरुवात

२०३७ सालमा उनी ईटहरीमा जन्मिए । स्थानीय जनता मैदानबाट उनले फुटबल खेल्न सुरु गरे । सानैबाट फुटबलमा रुचि राख्ने उनी काकासंगै फुटबल खेल्न जान्थे ।

त्यो समय फुटबल सिक्ने राम्रो वातावरण थिएन । न प्रशिक्षक थिए, न फुटबल खेल्ने अवस्था ।

तर दैनिक जसो काकासंग मैदानमा गरेर फुटबल खेल्नु उनको दिनचर्या थियो ।

हिलाम्मे मैदानमा उनले दौडन र फुटबल हान्न सिके । समय बित्दै जाँदा उनले स्थानीय जाग्रिति क्लवबाट फुटबल खेल्ने अवसर पाए ।

सिनियर र स्थानीय क्षेत्रमा चलेका अनुहारसंग फुटबल खेल्न पाउँदा सुरेन्द्र हौसिन्थे ।

स्थानीय प्रतियोगिता खेल्दा उद्घोषक सुरेन्द्रको जर्सी नम्बर र नाम फुक्ने गर्थे ।

आफ्नो नाम सुन्दा सुरेन्द्रका रौँ ठाडो भएर आउथ्यो । माईकमा घन्किएको नाम सुनेर उनले धेरै पटक गहभरी आँशु पोखेका छन् ।

व्यवसायीक उडान

सुरेन्द्र सुनसरीबाट एन्फाको यू–१६ टिममा परे । उनको फुटबल करियरले त्यहीबाट कोल्टे फेरेको हो ।

यू–१६ बाट उनी उत्कृष्ट सय जनामा पर्न सफल भए । अब उनी काठमाडौं छिर्ने भए । उनी खुसीले फुरुङ्ग भएका थिए । उनको सपनाको उडान भर्न सुरु गरेको थियो ।

तर, खुसी लामो समय टिकेन । उनले छनोटको दौरान चोट बोके । केही महिना फुटबलबाट टाढा हुन पर्ने भो । उनी निराश हुदै ईटहरी फर्किए ।

तर, सुरेन्द्रको खेलबाट उमेर समूह समेत हेरिरहेका प्रशिक्षक स्टेफन कन्स्टईन प्रभावित भए ।

उनले थ्री स्टार क्लबका ललितकृष्ण श्रेष्ठलाई सुरेन्द्रलाई अनुबन्धन गर्न सुझाए । केही समयमा सुरेन्द्रलाई थ्री स्टारबाट निम्तो आयो । उनी पुन काठमाडौं आउने भए ।

२०५७ सालमा उनी थ्री स्टारसंग जोडिन पुगे ।

‘थ्री स्टारमा आबद्व हुनु सपनाको ठुलो खुड्किलो पार गर्नु थियो । सामान्य क्लबबाट फुटबल खेल्ने कुरा कल्पना थियो । तर थ्री स्टारबाट फुटबल खेल्न पाउदा सबैभन्दा ठुलो खुशी मिल्यो ।’ सुरेन्द्र सम्झिन्छन् ।

उनी थ्री स्टारमा पुग्दा दिपक अमात्य क्लबका कप्तान थिए । सुरेन्द्रले पहिलो खेलमै दुई गोल गरे ।
सुरुमै प्रभाव छाडेपछि उनले धेरै संघर्ष गर्नै परेन ।

२०६०–६१ सालमा उनी करियरकै राम्रो लयमा थिए । उनले त्यस समय थ्री स्टारलाई लिग सहित धेरै उपाधि जिताए । उनले थ्री स्टारबाट प्राय अधिकांश खेलमा गोल गर्न सफल भएका छन् ।

‘कुनै खेलमा गोल गर्न ढिला भए समर्थकहरु खैरो कपाल भनेर जिस्काउँथे । त्यो समय अझ राम्रो खेल्न प्रेरणा मिल्थ्यो ।’

मैदानको जिरो एङ्गलबाट गोल गर्ने बिशेष खुबी सुरेन्द्रको थियो । थ्री स्टारबाटै उनले चर्चा कमाए । शीर्ष स्तरको फुटबलको अनुभव बटुले । आफ्नो खेल कौशलको दायरालाई राष्ट्रिय पहिचान दिन सफल भए । क्लबमा गरेको प्रर्दशनकै आधारमा सुरेन्द्रले २०५९ सालमा राष्ट्रिय टिमबाट डेब्यु गर्ने मौका पाएका थिए ।

सुरेन्द्रले करिब पाँच बर्ष थ्री स्टारको कप्तानी भूमीका निर्वाह गरे । उनले ए डिभिजन लिगमा ५० गोलको आँकडा पार गरे । घरेलु फुटबलमा ५० गोलको आँकडा पार गर्ने उनी औलामा गन्न सकिने फुटबलर हुन् ।
करिब १० बर्ष उनी थ्री स्टारबाट खेले । फ्रेन्ड्स अनि सरस्वतीबाट पनि केही बर्ष खेले ।

उनको राष्ट्रिय टिमको यात्रा भने सम्झन लायक रहेन । झण्डै ६ बर्ष राष्ट्रिय टिममा रहेपनि उनले क्लबमा जस्तो सफलता पाउन सकेनन् । उनले राष्ट्रिय टिमबाट सन् २००३ देखि २००८ सम्म खेल्ने मौका पाए ।

‘सुरेन्द्र मैदानमा उत्रिएपछि पुरै समर्पण भावले खेल्थे । मैदानमा जिरो एङ्गलबाट गोल गर्न खप्पिस उनी त्यस समयको सफल फरवार्ड हुन् ।’ थ्री स्टारका महासचिव तथा फुटबल विश्लेषक सञ्जिव शिल्पकार भन्छन् ।

‘उनी एकदमै प्रभावशाली फरवार्ड थिए । जिरो एङ्गलबाट गोल हामीले अन्तराष्ट्रिय फुटबलमा विरलै देखेका छौ । तर उनले सहजै गोल गरेको धेरैपटक देखेको छु । उनी थ्री स्टारका सफल कप्तान मध्यका एक हुन् ।’ शिल्पकार थप्छन् ।

त्यो चोट !

घरेलु फुटबलको तालिका अनिश्चित थियो । राष्ट्रिय टिमको प्रशिक्षणको टुङ्गो लाग्न बाँकी थियो । सुरेन्द्र घरमै छुट्टी मनाईरहेका थिए । काठमाडौं निस्कन केही समयमात्र बाँकी थियो । सिक्किमबाट फुटबल खेल्ने निम्तो आयो । धेरै नसोचेर उनी फुटबल खेल्न सिक्किम हानिए ।

त्यही यात्रा सुरेन्द्रको जिवनको अभिशाप बन्यो । उनी सवारी दुर्घटनामा परे । उनको खुट्टा भाँचियो । सुरेन्द्रले एक वर्ष आराम गरे । फेरी उनी अब मैदान फर्कने भए । तर समय फेरिसकेको थियो ।

उनले पुन: आफुलाई प्रमाणित गर्नुपर्ने समय आयो । उनले हरेश खाएनन् ।

राष्ट्रिय टिमका लागि उनले पुन क्लब फुटबलमा जोड दिए । उनले ७० सालमा बुढासुब्बा र तिलोत्तमा गोल्डकप समेत खेले । प्रर्दशनबाट प्रभावित तत्कालिन फुटबल नेतृत्वले उनलाई धेरै पटक स्याब्बासी दियो । तर कहिल्यै टिममा स्थान दिन उचित ठानेन ।

राष्ट्रिय टिममा फर्कने उनको सपना सपनामै सिमित बन्यो । त्यही समयबाट त्यो खैरो कपालको ७ नम्बरको जर्सी मैदानबाट बिदा हुने निर्णय लिन पुग्यो ।
बिभिन्न आरोह अवरोहकाबीच सुरेन्द्रले झण्डै १८ वर्ष फुटबलमा बिताए ।

तर, उनको मन सन्तुष्ट भने छैन । उनको एउटै गुनासो छ, ‘१८ वर्ष फुटबलमा योगदान गर्दा स्याब्बास बाहेक केही पाईएन ।’

‘आफु त खुसी हुन सकिएन । अरु खेलाडी हेर्यो, अवस्था उस्तै छ ।’ सुरेन्द्र भन्छन्, ‘नयाँ, पुराना सबै खेलाडीको व्यथा उस्तै छ । फुटबल खेल्दा र सक्ने हुँदा मात्रै रहेछ । नसक्ने भएपछि फोहोर जस्तो मिल्काएको फालेको भान हुन्छ । फुटबलले गुनासो बाहेक अरु केही दिएको भेट्दिन ।’

फुटबलमा नेतृत्व परिवर्तन भयो । नयाँ नेतृत्वबाट निकै आश थियो । फुटबलले गति लिने विश्वास उनले गरेका थिए । स्वभाविक लयमा फुटबल देखिन्छ भन्ने उनलाई लागेको थियो ।

 नयाँ नेतृत्वलाई उनले सहयोग पनि गरेका थिए । तर परिवर्तनका पक्षधर दाबी गर्नेनै एन्फालाई राजनीतिक आस्थाका आधारमा भर्तिकेन्द्रको रुपमा स्थापित गर्न थाले । सुरेन्द्रको मन कुँडिएको छ । नयाँ अनुहार नेतृत्वमा आएपनि फुटबल उस्तै लथालिंगनै रहेको उनको अनुवभ छ ।

फुटबलमै केही गर्ने सोच बनाएका सुरेन्द्रले प्रशिक्षकको लाईसेन्स समेत लिएका छन् । तर धेरै पटक प्रयास गर्दा समेत उनले कुनै जिम्मेवारी पाउन सकेनन् ।

एन्फाले राष्ट्रिय र अन्तराष्ट्रिय खेलको अनुभव नभएका केही प्रशिक्षकलाई महत्वपुर्ण जिम्मेवारी दिएको गुनासो सुरेन्द्रको छ ।

‘कतिपय खेलको अनुभव नहुँदा नहुँदै ३–३ वटासम्म जिम्मेवारी पाएका छन् ।’ एन्फासँग आक्रोसित हुँदै उनी भन्छन्, ‘जिल्ला देखि प्रदेशसम्म र केन्द्रीय स्तरमा पनि फुटबलको गतिबिधि शुन्य जस्तो छ । प्रशिक्षकको लाईसेन्स लिएका अनुभवी र सम्भावना बोकेका पूर्व खेलाडी काम विहिन छन् । तर केही गरौँ भन्नेहरु अझै रित्तो हात पुराना दिन सम्झिएर बस्न परेको छ ।’

जीवनको उर्जाशिल समय खेलाडीको रुपमा बिताएका सुरेन्द्र बाँकी जीवन प्रशिक्षकको रुपमा आफ्ना सिप बाँड्न चाहन्छन् । तर उचित जिम्मेवारी दिने कसले ? उनको फुटबलका नेतृत्वकर्तासंग प्रश्न छ ।
फुटबलको आकर्षण बढ्दो छ तर राज्यले फुटबललाई हेर्ने नजर नबदलिएको सुरेन्द्रको बुझाई छ ।

‘फुटबल खेल्दा पनि पर्याप्त पैसा हुँदैन । खेल्न छाडेपछि झन रिक्तो भएर हिँड्नुपर्छ । सोही कारण फुटबलमा भन्दा खेलाडीको ध्यान अन्यत्र गएको छ ।’ उनी भन्छन् ।

एन्फाले मापदण्ड बनाएर अनुभवी पुर्व खेलाडीलाई जिम्मेवार दिदाँ खेलाडी उत्पादनदेखि नतिजामा धेरै फरक पर्ने उनी बताउँछन् । उनले खेलाडीको क्षमता र पोजिसन अनुसार प्रशिक्षणको व्यवस्था गर्नुपर्ने उल्लेख गर्छन् ।

‘नेपाली फुटबलमा अहिले गोलकिपर प्रशिक्षक जस्तै स्ट्राईकर, मिडफिल्ड र डिफेन्डरलाई बेग्ला बेग्लै प्रशिक्षणको खाँचो छ ।’ उनी भन्छन् ।

उनको समयका धेरै खेलाडी पलायन भए । खेल्न छाडेपछि धेरैले दुख पाएका छन् । तर नयाँ पुस्ताका खेलाडीलाई त्यस्ता समस्या झेल्न दिन नहुने उनी बताउँछन् । फुटबलमा जिवन समर्पण गर्नेको भरथेग राज्यले गर्नुपर्ने सुरेन्द्रको भनाई छ ।

‘नेपाली फुटबल संस्कार र शैली बेगर लामो समय चल्यो । अब त्यस्ता दिनको अन्त्य गरौँ ।’ उनी थप्छन् ।

उनी अहिले ईटहरीमा छन्, सामान्य जिवन निर्वाह गरिरहेका छन् । फुटबलमा दिएको योगदान वापत ६९ सालमा एन्फाले उनलाई रुपक स्मृति अवार्ड प्रदान गरेको थियो ।

‘मैले पनि फुटबल खेले है भन्ने सम्झना त्यो बाहेक जिवनमा अरु केही नहुने भयो ।’ उनी हाँस्दै भन्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP