• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता

काठमाडौं। नेपाली फुटबल अझै पनि किन उभोलाग्न सकेको छैन भन्ने प्रश्नमा त्रिभुवन आर्मीका मुख्य प्रशिक्षक मेघराज केसी पटक–पटक एकै कुरा दोहर्‍याउँछन्– ‘प्रोफेसनलिज्म’।

उनी भन्छन्, ‘हाम्रो खेलाडीहरूले मिहिनेतमा कुनै कसर बाँकी राख्दैनन्, प्रदर्शन पनि राम्रो हुन्छ। तर, परिणाममा भने जहिले पनि हामी चुकेका हुन्छौं।’

उनको स्मृतिमा डुरान्ड कप अझै ताजै छ। एसियाकै पुरानो र प्रतिष्ठित मानिने यो प्रतियोगितामा त्रिभुवन आर्मीले जमशेदपुरसँग खेलेको खेल विशेष गरी सम्झिन्छन् उनी। बल पोजेसनको हिसाबमा ७० प्रतिशत आर्मीको नियन्त्रणमा थियो।

जमशेदपुरले मुश्किलले ३० प्रतिशत आफ्नो नियन्त्रणमा राख्यो। झन्डै १० गोल गर्ने अवसर सिर्जना भए। तर, अन्तिममा भने आर्मी १–१ मा रोकिनुपर्‍यो। त्यसपछि जमशेदपुर नकआउट चरण हुँदै क्वार्टरफाइनलसम्म पुग्यो। तर त्यति राम्रो खेल पस्किएको आर्मी चाहिँ घर फर्कन बाध्य भयो।

केसीलाई त्यो अनुभवले एउटा ठूलो शिक्षा दिएको छ। भारतीय आर्मी, फुटबल एसोसिएसन र स्थानीय सरकारको संयुक्त पहलमा डुरान्ड कपलाई जुन स्तरमा सञ्चालन गरिएको छ, त्यो नेपालका क्लबका लागि अझै टाढाको कुरा रहेको छ। त्यहाँ इन्डियन सुपर लिग (आइएसएल)का ठूला क्लब, आइ–लिगका टोली र विदेशी आर्मीसमेत प्रतिस्पर्धा गरिरहेका थिए। त्यस्तो स्तरमा पुग्दा मात्र उनले प्रष्ट महसुस गरे– हाम्रो कमजोरी खेलाडीको क्षमतामा छैन, तर संरचना र व्यवसायिकतामा छ।

‘प्रोफेसनल खेलाडीले २० पटक गरेको काममध्ये १८ पटक सही गर्छ। हाम्रो खेलाडीले त्यही काम गर्दा मुश्किलले आठपटक मात्रै सफलता मिल्छ, १२ पटक गल्ती गर्छ,’ उनी भन्छन्। यही सानो तर निरन्तर हुने गल्तीले नै नेपाल फुटबलमा पछाडि पारेको उनको ठम्याइ छ।

२०८० साल असारमा दोस्रो पटक आर्मीको जिम्मा सम्हालेका केसी अहिले नयाँ पुस्तासँग टिम पुनःनिर्माणको यात्रामा छन्। पहिलो कार्यकालमा उनले आर्मीलाई नेपाली फुटबलमा झन्डै ८० प्रतिशत उपाधि जिताएका थिए। तर, अहिले परिस्थिति अर्कै छ। पुराना खेलाडी उमेरकै कारण रिटायर भए। केही विदेशतिर लागे। त्यसको ठाउँमा नयाँ अनुहार ल्याइएको छ। तर, यी खेलाडीमा अनुभवको कमी छ।

उनले दोस्रोपल्ट आर्मी सम्हालेयता अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग गराउन सकेको छैन। त्यसैले २६ महिनायता आर्मीका खेलाडीले गोल्डकप मात्रै खेल्न पाएका थिए। त्यसैले निरन्तरता हराएकोले टिम अझै खोजी र तयारीमै छ।

उनले गत दुई वर्षमा करिब तीन सयभन्दा बढी खेलाडीलाई ‘ट्रायल’मार्फत परीक्षण गरे। धेरैलाई क्लबमा भित्र्याए। तर, अझै नतिजा भने पहिलाको जस्तो आएको छैन।

डुरान्ड कपका लागि भने उनले विशेष रणनीति अपनाए। ‘स्टपर पोजिसन’ कमजोर देखिएपछि आर्मी बाहिरबाट अनन्त तामाङ र योगेश गुरुङलाई ल्याए। लक्ष्य नकआउट चरणसम्म पुग्ने थियो। त्यसका लागि ‘ब्यालेन्स’ मिलाउन बाहिरका खेलाडी अपरिहार्य ठाने।

‘आर्मीबाट खेलिरहने विमल पाण्डेको कानको अप्रेसन गरिएको थियो। त्यसैले त्यो पोजिसन कमजोर देखिएको थियो। त्यही भएर अनन्तलाई भित्र्याएका थियौं,’ उनले भने।

उनको व्यक्तिगत यात्रा पनि कम रोचक छैन। तीन दशकभन्दा बढी समय नेपाली फुटबलमा बिताइसकेका उनले यु–१४ देखि लिएर सिनियर राष्ट्रिय टिमसम्म सम्हाले। ‘ए’ डिभिजनका आधाभन्दा बढी क्लबसँग काम गर्ने मौका पाए।

उतारचढावले भरिएको जीवनमा धेरै पटक जितको स्वाद चाखे, धेरैपटक हारको पीडा पनि सहे। तर, अहिले उनको ध्यान अर्कैमा केन्द्रित छ– ग्रासरुट र एकेडेमी निर्माणमा।

‘म लामो समय क्लब र राष्ट्रिय टिमसँगै रहें। अब पुरानो योजना पूरा गर्ने बेला आएको छ। हाम्रो एकेडेमी प्रोजेक्टको तयारी १०० प्रतिशत भइसकेको छ। अब म धेरै वर्षदेखिको लेभल फुटबल छोडेर नयाँ पुस्ता उत्पादन गर्ने कामतिर लाग्छु,’ उनी भन्छन्।

उनको कथा एक प्रशिक्षकको व्यक्तिगत अनुभव मात्र होइन, नेपाली फुटबलको वास्तविकता पनि हो। खेलाडीहरूले मिहिनेत गर्छन्, क्षमतामा कमी छैन। तर प्रणालीगत रुपमा व्यवसायिकको आधार नबनेसम्म अन्तर्राष्ट्रिय स्तरमा परिणाम ल्याउन सकिन्न भन्ने कुरा उनले फेरि दोहर्‍याएका छन्।

उनका शब्दमा, ‘नेपालमा फुटबल अलिकति प्रोफेसनल ढंगले नचलाएसम्म हामीले राम्रो नतिजा ल्याउन सक्दैनौं।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जितको खोजीमा
जितको खोजीमा
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP