आर्मीलाई मजबुत बनाउन विनोदको शतक
सोमबार, ३० चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। ओपनर विनोद भण्डारीको कीर्तिमानी शतकसँगै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ३६३ रनको लक्ष्य दिएको छ।
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३६२ रन बनाएको हो।
विनोदले सर्वाधिक १८९ रन बनाए। १५० बल खेलेका उनले २१ चौका र ५ छक्का प्रहार गरे। भीम सार्की ८०, जितेन्द्र ठकुरी ३१ र त्रितराज दास ३३ रनमा आउट भए।
कोशीका विपिन महतोले सर्वाधिक ३ विकेट लिए। दीपेश कँडेल, रोहिन शाह र आशिष मगरले समान १ विकेट लिए।












