चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’
शनिबार, २८ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो पहिलो खेल जितेको छ।
लगातार तीन हारपछि टोलीले शनिबारको चौथो खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो।
चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा १० विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो।
दिल्लीका ट्रिस्टन स्टब्सले अर्धशतक बनाए। दक्षिण अफ्रिकी ब्याटरले ३८ बलमा ६० रन बनाए। ओपनर पाथुम निस्सान्काले पनि ४१ रनको योगदान दिए।
चेन्नईका जेमी ओभरटनले चार विकेट लिए भने अंशुल काम्भलले तीन विकेट लिए।
त्यसअघि चेपक स्टेडियममा दिल्लीका कप्तान अक्षर पटेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।
पहिले ब्याटिङ गर्दै चेन्नईले २० ओभरमा २ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। सञ्जु सामसनले शतक (११५ अविजित) बनाए भने आयुष म्हात्रेले अर्धशतक (५९) बनाए।













-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)