बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक
-1775884046825.webp&w=3840&q=75)
काठमाडौं। इटालीको यु–२१ टोलीका प्रशिक्षक सिल्भियो बाल्डिनी आगामी महिनाका मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि सिनियर राष्ट्रिय टोली सम्हाल्ने भएका छन्।
इटाली पुनः विश्वकपमा छनोट हुन असफल भएको १० दिनपछि शुक्रबार बाल्डिनीलाई अन्तरिम प्रशिक्षक नियुक्त गरिएको हो।
बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि चार पटकको विश्वकप विजेता इटालीले लगातार तेस्रो पटक विश्वकप गुमाउने अवस्थामा पुगेको छ। त्यसपछि इटालियन फुटबल महासंघका अध्यक्ष गाब्रिएले ग्राभिना र मुख्य प्रशिक्षक जेन्नारो गाट्टुसोले राजीनामा दिएका थिए।
-1775907364246.webp)
६७ वर्षीय बाल्डिनीले जुन ३ मा लक्जेम्बर्ग र चार दिनपछि ग्रीससँग हुने दुवै ‘अवे’ खेलमा टोलीको नेतृत्व गर्नेछन्। स्थायी प्रशिक्षक भने ग्राभिनाको प्रतिस्थापन भएपछि मात्र तय हुने सम्भावना छ। यसका लागि जुन २२ मा निर्वाचन तय गरिएको छ।
नापोलीका प्रशिक्षक एन्टोनियो कोन्टे पुनः फर्कने सम्भावित मुख्य दाबेदार मानिएका छन्। उनले करिब एक दशकअघि युरोपियन च्याम्पियनसिपमा इटालीको नेतृत्व गरिसकेका छन्।
अन्य सम्भावित नाममा रोबर्टो मान्चिनी, सिमोने इनजाघी र मासिमिलियानो आलेग्री छन्।







-1775795080923.webp&w=3840&q=75)




