नारायणगढ र नव जनजागृतिको दोहोरो जित

हिमालयन मनोज, गोरखा। नारायणगढ फुटबल क्लब र नव जनजागृति युवा क्लबले ११औं ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा दोहोरो जित निकालेको छ।
गोरखा नगरपालिका–९ स्थित कृत्रिम घाँसे मैदानमा शुक्रबार सम्पन्न खेलमा नारायणगढले घोडाघोडी फुटबल एकेडेमी र द एक्सलेसर स्कुललाई पराजित गरेको हो।
जितसँगै नारायणगढ फुटबल क्लबले ६ अंक जोडेको छ। पहिलो खेलमा नारायणगढले घोडाघोडीलाई २–० र अर्को खेलमा द एक्सलेसरलाई ५–० ले पराजित गरेको हो। यी तीन टोली समूह ‘ए’का हुन्।
यही समूहको अर्को खेलमा नव जनजागृति युवा क्लबले द एक्सलेसरलाई २–० ले पाखा लगायो। अर्को खेलमा जनजागृतिले घोडाघोडीलाई ३–२ ले पाखा लगायो।
समूह ‘बी’को खेलमा कटारी टाइगर फुटबल क्लबले द ओल्ड क्यापिटललाई ३–२ ले पराजित गर्दै ३ अंक हात पार्यो। यही समूहको अर्को खेलमा स्टार स्पोर्ट्स युवा क्लबले जी एन्ड ए एकेडेमीमाथि ७–२ ले पाखा लगायो।
दिनको छैटौं खेलमा समूह ‘सी’को समाज कल्याण स्पोर्ट्स सेन्टरले हिल्ली फिल्डर्स गोरखालाई ३–१ ले हराउँदा पटिहानी फुटबल क्लब र एजी १० एकेडेमी ललितपुरले ४–४ बराबरी खेल्यो।






-1744388693-1773245134485.avif&w=3840&q=75)






-1775795080923.webp&w=3840&q=75)

-1775788668970.webp&w=3840&q=75)