चम्किँए यमल
शनिबार, २८ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। बार्सिलोनाले स्पेनिस ला लिगामा उत्कृष्ट प्रदर्शन गर्दै एस्पान्योललाई ४–१ ले पराजित गरेको छ।
जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ३१ खेलबाट ७९ अंक पुर्याएको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको भने ७० अंक छ।
बार्सिलोनाले पहिलो हाफमै खेल आफ्नो पक्षमा पार्यो। फेरान टोरेसले नवौं र २५औं मिनेटमा दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।
एस्पान्योलका पोल लोजानोले ५६औं मिनेटमा एक गोल फर्काए। तर, त्यो पर्याप्त भएन।
खेलको अन्तिम समयमा बार्सिलोनाले थप दबाब सिर्जना गर्यो। लामिन यमलले ८७औं मिनेटमा गोल गरे भने मार्कस रासफोर्डले ८९औं मिनेटमा गोल थप्दै जित सुनिश्चित गरे।
यमलले पहिलो दुई गोलमा योगदान दिएका थिए भने फ्रेन्की डे योङले अन्तिम गोलका लागि असिस्ट प्रदान गरे।





-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)




