झापा – ११ को जितमा फागुरामको २ गोल
शनिबार, २८ चैत्र २०८२खेलपाटी संवाददाता
विराटनगर। झापा – ११ ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
विराटनगरस्थित शहीद रंगशालामा शनिबार भएको रात्रिकालीन प्रतिस्पर्धामा झापा–११ ले आर्मीलाई २–१ ले स्तब्ध पारेको हो।
झापाको जितमा स्ट्राइकर फागुराम थारूले दुई गोल गरे। उनी खेलको ‘प्लेअर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ पाए। उनले खेलको १०औँ र ४४औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
पराजित आर्मीका तर्फबाट खेलको २३औँ मिनेटमा नवीन लामाले एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन।





-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)





